logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एनआरएनको नयाँ नेतृत्व मतदान सकिएको आधा घण्टामा सार्वजनिक गर्छौं : निर्वाचन समिति सदस्य ढकाल

    एनआरएनको नयाँ नेतृत्व मतदान सकिएको आधा घण्टामा सार्वजनिक गर्छौं : निर्वाचन समिति सदस्य ढकाल

    1.1K
    Shares
    एनआरएनको नयाँ नेतृत्व मतदान सकिएको आधा घण्टामा सार्वजनिक गर्छौं : निर्वाचन समिति सदस्य ढकाल

    काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् । अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिए ।

    नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिँदै ढकालले कम्तिमा निर्वाचित हुने पद भन्दा दोब्बर उम्मेदवारी दर्ता हुने बताए । सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनले जानकारी दिए । अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको बताउँदै समय बाँकी नै रहेकाले अरुले पनि तयारी गरिरहेको थाहा आफूले पाएको ढकालको भनाई छ । हिजो १४ तारिखदेखि उम्मेदवारी दर्ताको चाप बढेको जानकारी दिँदै १५ तारिखका दिन अत्याधिक चाप रहेको पनि बताए ।

    १९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए । उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा सञ्चारकर्मीले जिज्ञाषा राख्दा आफूहरुको मूल उद्देश्यनै धेरै भन्दा धेरै एनआरएनहरुलाई काठमाडौं बोलाउने रहेको बताए । सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव समेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए ।

    उनले भने कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने बताए । यस्तै, सधैं दशैंको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको पनि सदस्य ढकालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend