फागुन ८ काठमाडौं: साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संचारमन्त्री गोकुल बास्कोटालाई तुरून्तै बर्खास्त गरेर छानविन गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै मिश्रले भ्रष्टाचारीहरू समाजका धमिरा भएको र तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न नसक्ने उल्लेख गरेका छन्।
भ्रष्टाचारीहरू समाजका धमिरा हुन्। तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न सक्दैन।
सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन गर्नेबारे @Sajha_Party को प्रेस विज्ञप्ती – प्रकाशन तथा प्रसारणका लागि।https://t.co/UHrwp7kA7n
— Rabindra Mishra (@RabindraMishra) February 20, 2020