logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिनापानीले बालीनाली क्षती, किसान चिन्तामा

    सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिनापानीले बालीनाली क्षती, किसान चिन्तामा

    2K
    Shares
    सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिनापानीले बालीनाली क्षती, किसान चिन्तामा

    काठमाडौँ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।

    दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएपछि किसानहरु के खाने भन्ने चिन्तामा परेका छन् ।

    बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ ।

    कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको फोटो सामाजिक सन्जालमा देखिन्छ ।
    दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend