logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतले काम गर्न नदिएको भन्दै स्वास्थ्य बीमा वोर्डका सदस्यद्धारा सामुहिक राजीनामा

    स्वास्थ्यमन्त्री बस्नेतले काम गर्न नदिएको भन्दै स्वास्थ्य बीमा वोर्डका सदस्यद्धारा सामुहिक राजीनामा

    2K
    Shares
    स्वास्थ्यमन्त्री बस्नेतले काम गर्न नदिएको भन्दै स्वास्थ्य बीमा वोर्डका सदस्यद्धारा सामुहिक राजीनामा

    काठमाडौँ । स्वास्थ्य बीमाको मनसाय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मन्त्री मोहनबहादुर बस्नेतले काम गर्न नदिएको भन्दै स्वास्थ्य बीम वोर्डका पाँच जना सदस्यहरुले आज पदबाट सामुहिक रुपमा राजीनामा दिएका छन् ।

    स्वास्थ्य बीमाको मनसाय अनुसार मन्त्री बस्नेतले काम गर्न नदिई अवरोध गरेका कारण आफुहरुले संयुक्त रुपमा राजीनामा दिएको वोर्डका एक जना सदस्यले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनले भने, ‘समग्र स्वास्थ्य बीमा ऐन २०७४ अनुसार र विनियमावली २०७५ को व्यवस्था अनुसार मन्त्रीले सञ्चालन हुन नदिई मन्त्रालयको एउटा शाखाको रुपमा यहि असोज २९ गते मन्त्रालयको कर्मचारीलाई वोर्डको निमित्त कार्यकारी निर्देशक तोकिएको हुनाले स्वास्थ्य बीमा ऐन प्रावधान अनुसार बाझिन गएको र मन्त्रीको बीमा वोर्डलाई सक्ने र मास्ने उदेश्य एवं मनसाय रहेका कारण उक्त वोर्डमा बसिरहन उपयुक्त नदेखिएकाले राजिनामा दिएका हौँ ।’

    यसैगरी आज संयुक्त रुपमा राजिनामा दिएका वोर्ड सदस्यहरुले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विगत नौ महिनादेखि अध्यक्ष नियुक्त गर्न नसकेको । देशमा निजी अस्पतालहरुबाट स्वास्थ्य बीमा अन्तरगत जनताले उपचार पाइरहेको भएपनि बजेट मार्फत उक्त कार्य रोक्न लगाएको ।

    स्वास्थ्य बीमामा ओएनएम सर्वे स्थायी संगठन संरचना बिगत अढाइ वर्षदेखि मन्त्रालयले रोकेको । स्वास्थ्य बीमा वोर्डको लोकसेवाबाट एक नम्बरमा पास भएर आएको कार्यकारी निर्देशकलाई गलत मनसाय राखि निलम्बन गरेको आरोप समेत लगाएका छन् । उनीहरुले राजिनामा दिएपछि अहिले वोर्ड सदस्य बिहिन अवस्थामा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend