
फागुन ८ काठमाडौं: सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन मागेको अडिओ प्रकरणबारे छानबिनको माग गर्दै साझा पार्टीले प्रदर्शन गरेको छ।
प्रदर्शनमा सञ्चारमन्त्रीको बर्खास्तीको माग गरिएको छ। घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने मन्त्रीलाई कारबाही गर, जनतालाई हेप्नी ? लगायतको नारा लेखेको प्लेकार्डसहित प्रदर्शन गरिएको छ।
उता मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा दिएकाे सभामुख अग्नीप्रसाद सापकाेटाद्वारा प्रतिनिधिसभालाइ जानकारी भएको हो।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन माग्दै डील गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले सदनसमक्ष गराएका छन् ।
नेपाली कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सम्बन्धित मन्त्रीको राजीनामा गरिसकेको जानकारी आफूले अनौपचारिक रूपमा पाएको बताएका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend