काठमाडौँ – त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईलाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाउन सफल भएको थियो ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा एक सय ६३ रनको लक्ष्य पाएको युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।।