९ फागुन, काठमाडौं । कमिसन डिल गरेको अडियो लिक भएपछी राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडकमा उत्रिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन आधारमा राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको हो ।
त्यस्तै बिहिबार नै बास्कोटालाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी दमन भएको भन्दै त्यसको विरोधमा समेत शुक्रबार नेविसंघले प्रदर्शन गरेको छ ।
फोटो – हेमराज शर्मा/ सुनौलो नेपाल