काठमाडौँ – टी–२० विश्वकप फाइनल एसियामा सिंगापुर बिरुद्धको खेलमा नेपाल ८ विकेटले बिजयी भएको छ ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक जवाफी ब्याटिङ गर्दै ८ विकेटको जित हात पारेको हो ।
लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले आक्रमक सुरुवात गरेका थिए । उनको अर्धशतकको मदतमा नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
भुर्तेलले ८ चौका र २ छक्काको मदतले ४६ बलमा ७४ रन बनाएर आउट भए । क्याप्टेन रोहित पौडेलले नटआउट ३५ रन बनाउन सफल भएका थिए। त्यस्तै अर्का ओपनर आरिफ शेखले २७ रन बनाएर आउट भएका थिए । कुशल मल्ल ६ रनमा नटआउट रहे ।
नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।