logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” चितवनमा सम्मानित

    चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” चितवनमा सम्मानित

    3K
    Shares

    सुनौलो नेपाल – नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” चितवनमा सम्मानित भएका छन ।

    शुक्रबार लक्की मिडिया हाउस चितवनद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमकाबीच उहांँलाई सम्मानित गरिएको हो । सिंह विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको विकास र संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै खादा सहित सम्मान गरिएको हो । उहाँलाई मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले खादा ओडाएर सम्मान गर्नुभएको थियो।

    महासचिव सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ । उहाँले विभिन्न सामाजिक संघ/संस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ । उहाँ चलचित्र सीपमुलक तथा व्यतित्वका विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मेलनमा समेत सहभागिता जनाईसक्नु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend