
काठमाडौँ । प्रहरीले काठमाडौँको गोठाटारमा गोली प्रहार गरी दुई जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेको हो ।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बु रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
उनका अनुसार प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटार स्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६.७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुको साथमा २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र डिजिटल तराजु फेला परेको प्रहरीले जनाएको छ ।रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend