logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भुक्तानी गर्न नसकेका निर्माण व्यवसायीलाई चेक बाउन्समा पक्राउ नगर्न माग

    भुक्तानी गर्न नसकेका निर्माण व्यवसायीलाई चेक बाउन्समा पक्राउ नगर्न माग

    3.1K
    Shares
    भुक्तानी गर्न नसकेका निर्माण व्यवसायीलाई चेक बाउन्समा पक्राउ नगर्न माग

    काठमाडौँ । सरकारले निर्माण व्यवसायीहरुलाई दशैँअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने भनेपनि अहिलेसम्म भुक्तानी नगरेको निर्माण व्यवसायीहरुले बताएका छन् ।

    सरकारले निर्माण व्यवसायीहरुसँग १५–१५ दिनमा व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी गर्ने सम्झौता भएपनि कार्यान्वयन नगरेको व्यवसायीहरुले बताएका छन् । सरकारले दशैँअघि नै ६ अर्ब रुपैया भुक्तानी गर्ने भनेर प्रचार गरेपनि कार्यान्वयन नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताउनु भयो ।

    उहाँले सरकारले बोलपत्र आह्वान गरेर व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी पाउन पनि सडक आन्दोलन गर्नुपर्ने बिडम्बना रहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुसँग भएका सम्झौता समयमा नै कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

    उहाँले सरकारले निर्माण व्यवसायीहरुसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा व्यवसायीहरु आर्थिक अभावमा समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले सरकारले व्यवसायीहरुको भुक्तानी गर्न नसक्ने अवस्था भए स्पष्ट रुपमा व्यवसायीहरुलाई भन्नुपर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुले बैंक ग्यारेन्टी राखेर निर्माण समग्री किन्दा बैंक ग्यारेन्टी जफत हुन थालेको उल्लेख गर्नुभयो ।

    उहाँले सरकारले सरकारले भुक्तानी नदिएको बैंकको चेक रकम नहुँदा सरकारले नै व्यवसायीहरुलाई जेल हाल्ने सम्मका काम गरेको भन्दै यस्तो कार्य रोक्न माग गर्नुभयो । उहाँले सरकारले भुक्तानी दिन नसके पनि बैंक ग्यारेन्टी जफत र चेक बाउन्समा व्यवसायीहरुलाई पक्राउ गर्ने काम रोक्न माग गर्नुभयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुले निर्माण सामाग्री खरिद गर्न दिएका चेकहरु रोक्नको लागि राष्ट्र बैंकसँग समन्वय गर्न सरकारसँग माग गर्नुभयो ।

    उहाँले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको निर्माण व्यवसायीहरु पुनः सडक आन्दोलनमा आउनुपर्ने वातावरण नबनाउन चेतावनी दिनुभयो । सरकारले निर्माण व्यवसायीलाई ५० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्ने भनेपनि अहिलेसम्म बेवास्था गरको छ । दशैँअघि व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने अर्थ मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend