logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • भूकम्प अपडेट : रुकुममा कम्तिमा १४ जनाको मृत्यु

    भूकम्प अपडेट : रुकुममा कम्तिमा १४ जनाको मृत्यु

    5K
    Shares
    भूकम्प अपडेट : रुकुममा कम्तिमा १४ जनाको मृत्यु

    काठमाडौँ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको ६ दशमलब ४ म्याग्निच्युडको भुइँचालोले रुकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

    आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ । ‘अहिलेसम्म तीनवटा वडामा गरेर १४ जनाको मृत्यु भएको खबर आएको छ ।

    पूर्ण विवरण अझै आइसकेको छैन, कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि एकिन स्पष्ट भइसकेको छैन । हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौँ ।’

    त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरु भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए । सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन् ।

    नगलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताए ।

    शुक्रबार गएको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend