काठमाडौं । सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
डा पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेका हुन् । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको जाजरकोटमा मात्र संख्या ९२ पुगेको छ ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।