logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

    विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

    2K
    Shares
    विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
    सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

    उहाँले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण अहिलेसम्म एक सय २९ जनाले ज्यान गुमाएका छन् ।  त्यस्तै, जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ४० जना घाइते भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend