logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

    भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

    1.1K
    Shares
    भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

    तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुको लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौलगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरुपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend