logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राप्रपाद्धारा जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख सहयोग

    राप्रपाद्धारा जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख सहयोग

    1.2K
    Shares
    राप्रपाद्धारा जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख सहयोग

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावित परिवारहरुलाई सहयोग गर्न रु २५ लाख रकम सरकारलाई दिने निर्णय गरेको छ ।
    कार्यबाहक अध्यक्ष तथा वरिष्ठ नेता बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट रु २५ लाख र प्रदेश तथा संघीय सांसदको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    यसैगरी सो आज एक प्रेस विज्ञप्ति प्रकासित गरी पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

    साथै आज वैठकले भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend