logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • कर्मचारीलाई थर्काएको र अशिष्ट व्यवहार गरेको भन्दै प्रेस काउन्सिलले पत्रकार शाहीलाई गरायो सचेत

    कर्मचारीलाई थर्काएको र अशिष्ट व्यवहार गरेको भन्दै प्रेस काउन्सिलले पत्रकार शाहीलाई गरायो सचेत

    1.3K
    Shares
    कर्मचारीलाई थर्काएको र अशिष्ट व्यवहार गरेको भन्दै प्रेस काउन्सिलले पत्रकार शाहीलाई गरायो सचेत

    काठमाडौँ । पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै नेपाल प्रेस काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोमबार सोधपुछ गरेको छ ।

    एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभिका पत्रकार शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भन्दै काउन्सिलले आज सोधपुछ गरेको हो । पत्रकार शाहीले अशिष्ट व्यवहार गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाज समेत उठेको थियो ।

    काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको भएपनि उनी काठमाडौँ बाहिर भएकाले आज सोमबार मात्रै काउन्सिलमा उपस्थित भएका थिए । उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबै सञ्चारकर्मीलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभि र युट्युव च्यानललाई समेत विशेष निगरानी गर्दै आएको छ ।

    काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेकाले आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत समेत गराएका थिए ।

    प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारवाही गरिसकेको जनाइएको छ । कतिपय पत्रकारलाई काउन्सिलले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ ।

    जथाभावी लेख्ने, बार्गेनिंग गर्ने युट्युवसहितलाई काउन्सिलले प्रहरीसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend