logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • फिफा विश्वकप छनोट : पाँच दिनको बीचमा दुई खेल खेल्दै नेपाल

    फिफा विश्वकप छनोट : पाँच दिनको बीचमा दुई खेल खेल्दै नेपाल

    5.1K
    Shares
    फिफा विश्वकप छनोट : पाँच दिनको बीचमा दुई खेल खेल्दै नेपाल

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ । समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरु हुँदैछ ।

    छनोटको पहिलो खेलमा नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको खेल कात्तिक ३० मा हुनेछ। यो खेल युएईको दुबईमा हुनेछ । युएईसँग खेलेको पाँच दिनमा नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ ।

    नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । बहराइन ८३औं र यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ । विश्वकप छनोटका लागि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन् ।

    नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ । यमनविरुद्ध दशरथ रंगशालामा खेल हेर्नका लागि साधारण प्यारपिटको ४ सय र भिआइपीको एक हजार टिकट मूल्य तोकिएको छ । दोस्रो चरणका खेलहरु होम एन्ड अवेका आधारमा हुनेछन्।

    नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ । चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend