चितवन । चितवनको भरतपुरमा रहेको भरतपुर केन्द्रीय अस्पतालको ४७ औँ प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा डा. श्रीराम तिवारीले पदभार ग्रहण गरेका छन् ।
मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. तिवारीलाई दोस्रोपल्ट नियुक्त मंगलबार मात्रै गरेको थियो । एघारौं तहका प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा. तिवारीलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पतालका विकास समितिका अध्यक्ष राजु पौडेललेसहित अस्पताल विकासि समितिका पदाधिकारी र कर्मचारीहरुले डा.श्रीराम तिवारीलाई दोस्रो पटक मेसुकमे रुपमा पदभार ग्रहण गरेका थिए । चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवं चर्चित सरल, आत्ममीय र निडर स्वभावका रुपमा डा. तिवारी परिचित छन् ।
यसअघि मेसु बन्दा आफ्नो कार्यकालमा नयाँ कामको निकै थालनी गरेका थिए । केही पुरा गरेका थिए त केही प्रक्रियामै थिए । यो पट आफू भरतपुर आउदाँ आफूले निकै परिर्वतन देखेको उनले बताए । यनले अब भरतपुर अस्पतालाई देशकै नमुना अस्पताल बनाउने प्रतिक्रिया दिए ।
‘भरतपुर अस्पतालमा अहिले धेरै परिवर्तन भईसकेको छ । त्यहाँ भएका विकास निर्माणका कामलाई निरन्तरता दिन्छु ‘, उनले भने, ‘सेवालाई गुणस्तरीय, छिटोलछरितो र अझै व्यवस्थित बनाउन थुप्रै प्रयासहरू गर्ने छु । कर्मचारी थप गर्ने लगायत केन्द्रीय र प्रदेश सरकारसँग बजेट माग गरी अस्पतालको समग्र विकासमा जोड दिन्छु । ‘
भरतपुर महानगरपालिका १५ मंगलपुर चितवन घर भएका उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । त्यसअघि तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए ।
उनी विसं २०७६ साल असार १९ गतेदेखि ०७७ साल भदौ २८ गतेसम्म मेसु बनेका थिए । उनले विश्वव्यापी रूपमा फैलिएको कोरोना कहरको बेला समेत आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए ।