काठमाडौँ । अछाम एक युवकको हत्या गरेर फरार रहेकी भनिएकी महिला काठमाडौँबाट पक्राउ गरेकी छन् ।
पक्राउ पर्नेमा ३० वर्षीया लक्ष्मी सुनार रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ निवासी सुनारले आफ्नो छिमेकी रहेका १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको यही कार्तिक १७ गते बिहान ६ः४५ बजे भएको हत्यामा सम्लग्न रही फरार रहेको प्रहरीको आरोप छ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माछापोखरीबाट बुधबार पक्राउ गरेको हो । सुनारलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि आज बिहीबार जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको रेग्मीको भनाई छ ।