logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चिसोका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

    चिसोका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

    1.4K
    Shares
    चिसोका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

    जाजरकोट । चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण मृत्यु भएको हो ।

    चिसोका कारण केही दिनदेखि बिरामी भएकी छोरीको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज सोमवार मृत्यु भएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको संख्या नौ जना पुगेको छ ।

    त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् ।

    त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेका र ज्यान गुमाउने तथा सिकिस्त हुने क्रम बढेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend