logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देउसी भैलोबाट संकलित रकम क्यान्सर पीडित बलायरलाई

    देउसी भैलोबाट संकलित रकम क्यान्सर पीडित बलायरलाई

    3.9K
    Shares
    देउसी भैलोबाट संकलित रकम क्यान्सर पीडित बलायरलाई

    काठमाडौँ । डोटीको शिखर नगरपालिका–१० शिदेश्वरटोलमा रहेको उद्यमी महिला कृषक समूहले देउसी भैलो खेलेर संकलित भएको रकम क्यान्सरबाट पीडित बनेका हर्कबहादुर बलायरलाई सहयोग गरेको छ ।

    देउसी भैलो खेलेर संकलन भएको पाँच हजार रकम क्यान्सर पीडित शिखर नगरपालिका–१० का हर्कबहादुर बलायरलाई सहयोग गरेको हो । क्यान्सर पीडित बलायरको काठमाडौँ स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको सुजङ बोर्डिङ स्कुलकका प्रबन्धक निर्देशक नरेश बलायरले बताए ।

    उनका अनुसार उपचारका लागि आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारमा सहयोग गरिदिन बुवा पदम बलायरले आग्रह गरेपछि उद्यमी महिला कृषक समूहले देउसी भैलो खेलेर उठेको रकम हस्तान्तरण गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend