logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इजरायल—हमास युद्ध : प्रत्येक १० जना बन्दी छोडेबापत थप एक दिन युद्धबिराम

    इजरायल—हमास युद्ध : प्रत्येक १० जना बन्दी छोडेबापत थप एक दिन युद्धबिराम

    1.2K
    Shares
    इजरायल—हमास युद्ध :  प्रत्येक १० जना बन्दी छोडेबापत थप एक दिन युद्धबिराम

    काठमाडाैँ । इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रश्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।

    हमासले बन्धकहरूलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायताहरू प्रवेश गर्न अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली जेलबाट करिव १५० महिला र किशोर लेस्टिनी बन्दीहरूलाई रिहा गर्नका लागि सम्झौताअनुसार कम्तीमा ५० जना बन्धकहरू रिहा गर्नुपर्ने बताइएको छ ।

    बन्धकहरूलाई चार दिनको अवधिमा सानो समूहहरूमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ । हमासद्वारा रिहा गरिएका प्रत्येक थप १० जना बन्धकहरूको लागि युद्धविराम थप एक दिन लागि लम्बिनेछ । हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधवार इजरायलसँग चार दिने युद्धबिराम सम्झौताको पुष्टि गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend