logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा

    भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा

    2K
    Shares
    भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा

    काठमाडौँ । भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा पुगेको छ । अघिल्लो आइतवार सुरुङभित्र फसेका जीवित मजदुरलाई बाहिर निकाल्न उद्धारकर्मीले निरन्तर प्रयास गरिरहेका छन् ।

    आज १२औँ दिन पनि बिहानैदेखि काम भैरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई अर्को सुरुङ बनाएर बाहिर निकालिँदैछ ।

    यसका लागि ड्रिलिङमा केही समस्या देखिए पनि सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित भइरहेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति भैइहेको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताउनुभएको छ ।

    उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामो सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । एजेन्सी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend