सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

काठमाडौँ बल्खु झडपमा केही प्रदर्शनकारी घाइते

काठमाडौँ बल्खु झडपमा केही प्रदर्शनकारी घाइते

काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।

केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाई बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक–पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend