logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीको प्रसिद्ध बडीकेदार मेला तीन दिनसम्म लाग्ने

    डोटीको प्रसिद्ध बडीकेदार मेला तीन दिनसम्म लाग्ने

    1.8K
    Shares
    डोटीको प्रसिद्ध बडीकेदार मेला तीन दिनसम्म लाग्ने

    काठमाडौँ । डोटीको प्रसिद्ध बडीकेदार अर्थात् ठुला केदारमा मेला (जाँत) आजबाट सुरु भएको छ । धार्मिक एवं पर्यटकीय स्थल रहेको बडीकेदार धाममा शुक्रवार, शनिवार र आइतवार धार्मिक मेला लाग्ने भएको हो ।

    बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार यादवले मङ्सिर ८,९ र १० गते मेला लाग्ने भएको जानकारी दिनुभयो । डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने बताइएको छ ।

    डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ । बडीकेदार दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै छिमेकी मुलुक भारतबाट समेत दर्शन गर्न भक्तजनहरु आउने गरेका स्थानीयवासी शान्ति कलेलले बताउनुभयो ।

    उहाँका अनुसार बडिकेदार धाममा तीनचार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरु आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरु गर्ने गर्दछन् । बडिकेदार डोटी जिल्लाको बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकाको संगम स्थलका रुपमा रहेको छ ।

    समुद्री सतहदेखि दुई हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईको थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।
    गाउँपालिकाद्वारा सार्वजनिक बिदा
    डोटीको बडिकेदार गाउँपालिकाले यही मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा १० गते बिदा दिइएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिइएको जनाएको छ ।
    समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईको थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ । बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको विपीनगर, खँड्यौली बजार हुँदै अत्तरकाँडासम्म सडकको राम्रो सुविधा रहेको छ ।

    सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिने अर्का स्थानीयवासी तारासिंह बोहराले बताउनुभयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend