सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

काठमाडौँ, ललितपुर र भक्तपुरबासीलाई आन्दोलनमा सघाउन दुर्गा प्रसाईको आग्रह

काठमाडौँ, ललितपुर र भक्तपुरबासीलाई आन्दोलनमा सघाउन दुर्गा प्रसाईको आग्रह

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले काठमाडौँ ललितपुर र भक्तपुरबासीलाई आफनो आन्दोलनमा सघाउन आग्रह गरेका छन् ।

शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन र साथ दिन सबैमा अनुरोध समेत गरे ।

उनले युवाहरु विदेसिएको र देशमा बस्न सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो समेत व्यक्त गरेका छन् ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गर्छु । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री पद नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन सुरु गरेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend