काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले पहिलो जित निकालेको छ ।
आज सोमवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा इलामले झापा एफसीलाई १–० गोलले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
इलामको जितमा खेलको ८७ औँ मिनेटमा अमाथ एनडाले गोल गरे । यसअघि ८४ औँ मिनेटमा इलामले पेनाल्टी पाउँदा अमाथले प्रहार गरेको बल पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।
इलाम पहिलो खेलमा काठमाडाँै रेजर्ससँग पराजित भएको थियो । झापा भने पहिलो खेलमा पराजित भयो । प्रतियोगितामा भोलि मंगलवार बेलुकी साढे ५ बजे एफसी चितवन र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ ।