logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

    1.3K
    Shares
    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

    भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

    आज मंगलवार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनमा सभापति देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।

    ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो, त्यस कारण तपाईँहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो’, देउवाले भन्नुभयो, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’ अदालतमा मुद्दा विचाराधीन रहेका कारण बोल्ने नहुने बताउँदै उहाँले तर पनि आफूलाई खाणले न्याय पाउने विश्वास लागेको बताउनुभयो ।

    देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभयो । ‘अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन’, देउवाले भन्नुभयो, ‘काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।’ रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend