काठमाडौँ । नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् ।
वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।
आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् । उता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वायुसेवामा कुनै आन्दोलन नभएको बताए ।
उनले भने, ‘केही कर्मचारीले आन्दोलन गर्न खोजेका थिए, कार्यकारी अधिकृत कार्यालयमा आउनु भएको छ, कसैले रोकेको छैन् ।’