logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली शरणार्थी प्रकरण : धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

    नक्कली शरणार्थी प्रकरण : धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

    1.4K
    Shares
    नक्कली शरणार्थी प्रकरण : धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीहरुविरुद्धको अनुसन्धान कायमै रहेकाले उनीहरु तत्काल रिहा नहुने भएका हुन् ।

    गएको शुक्रवार उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले ७ जना प्रतिवादीलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो । प्रतिवादीहरु हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो ।

    अदालतले महर्जनसँग १५ लाख तथा मियाँ र केसीसँग १०÷१० लाख रुपैयाँ धरौटी मागेको थियो । पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो । धरौटी माग भएकामध्ये तीन जनाले धरौटी बुझाए पनि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको हो ।

    साधारण तारेखमा छोड्न आदेश दिएका आशिष बुढाथोकीलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउने तयारी छ । हिजो उनीहरूलाई तारेखका लागि कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

    हिजो कार्यालय समय सकिएको हुनाले उनीहरुलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइएन । उनीहरुलाई आज सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराउने तयारी छ । साधारण तारेखमा छोड्न आदेश दिएकालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend