logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री ओली भन्छन: ७० करोड कमिसन मागेको अडियो गोकुल बास्कोटाको नै हो भन्ने प्रमाण छैन

    प्रधानमन्त्री ओली भन्छन: ७० करोड कमिसन मागेको अडियो गोकुल बास्कोटाको नै हो भन्ने प्रमाण छैन

    2K
    Shares

    फागुन १५ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियो बास्कोटाको नै हो भन्ने पुष्टि हुने प्रमाण नभएको बताएका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमाओलीले यस्तो बताएका हुन्।

    कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेकोले उनले नै गरेको भन्न नमिल्ने उनको भनाइ छ। ‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, बाँस्कोटाले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप छैन पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’

    कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू विभिन्न आरोहअवरोह झेल्दै पार्टी एकतासम्म आइपुगेको बताएका छन्। उनले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको भन्दै विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend