logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वर्तमान सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली

    वर्तमान सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली

    1.1K
    Shares
    वर्तमान सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताउनुभएको छ ।

    राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो ।

    अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ । र, नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन । यस्तो अवस्थामा हामी नेपाली छौं ।

    राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरुमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ ।

    जसलाई फेरि उठाउनु पर्नेछ । भ्रष्टाचारलाई अन्त्य गर्नुछ । अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि पहिलो मुद्दा नै लगाउन सरकार मान्दैन । समाती हाल्यो भने माफी मिनाहा गर्छ । मुद्दा खारेज गर्छ । अदालतले फेरि हस्तक्षेप गरेर मुद्दा लगाउनुपर्ने स्थिति भएको छ ।

    प्रहरी प्रशासन, कर्मचारीतन्त्रले ठिक ढंगले काम गर्न पाएको छैन । हस्तक्षेपमाथि हस्तक्षेप छ । यस्तो खालको अवस्था छ ।  कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ । अहिले देशको अवस्था अत्यन्तै नाजुक छ । यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने । आज देशको राजनीति अन्यौलग्रस्त छ । देशको राजनीतिक निराशायुक्त छ ।

    देशको राजनीति अस्थिर र अराजक बनेको छ । देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ । त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ । र, बिग्रदो छ ।’

    अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अपm्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनु भयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend