logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • एमसीसी अस्विकार गर्ने श्रीलंकाको निर्णय, नेपालले के गर्ला ?

    एमसीसी अस्विकार गर्ने श्रीलंकाको निर्णय, नेपालले के गर्ला ?

    1.4K
    Shares

    फागुन १६ काठमाडौं: विवादका बीच श्रीलंका सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको छ। पत्रकार सम्मेलन गर्दै एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंका सरकारका प्रवक्ता बन्दुला गुणवर्धनेले जानकारी दिएका छन्।

    श्रीलंका सरकारले एमसीसीमा रहेका चिन्ताजनक प्रावधानका विषयमा छलफल गर्न र सम्झौतालाई संशोधन गर्न अमेरिकी सरकारसँग कुरा गर्न तयार रहेको पनि जानकारी उनले दिएका छन्। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले एमसीसीको समीक्षा समितिको अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्समक्ष बिहीवार पेश गरेका थिए ।

    नेपालमा पनि एमसीसी पास गर्ने नगर्ने भन्ने बिषयमा चर्को मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पास गर्नुपर्ने पक्षमा छन् भने सत्तारुढ दलकै वरिष्ठ नेता झलनाथ खनाल, भिम रावल, देव गुरुङलगायतका नेताहरु एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा रहेका छन्। प्रतिपक्षि नेपाली कांग्रेस भने यो आफ्नै सरकारको पालामा सम्झौता भएको र नेपालको हितमा रहेको भन्दै तत्काल पास गर्नुपर्ने अडानमा रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend