logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • हत्या गरेको अभियोगमा चन्द पक्राउ

    हत्या गरेको अभियोगमा चन्द पक्राउ

    2.1K
    Shares
    हत्या गरेको अभियोगमा चन्द पक्राउ

    बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ बिजुल बस्ने धिरसिंह बिष्टको श्रीमती बर्ष ५६ की हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाँउ बस्ने बर्ष २९ को तेजबहादुर चन्दलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

    निज तेजबहादुर चन्दले फलामको रडले टाउकोमा प्रहार गरि निज हरिना बिष्टको घटनास्थलमै मृत्यू भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सतबाँज,ईलाका प्रहरी कार्यालय पाटन र जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली खटिई गई निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend