logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : मन्त्री किराँती

    विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : मन्त्री किराँती

    931
    Shares
    विकास नीति संस्कृतिमैत्री हुनुपर्छ :  मन्त्री किराँती

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ ।

    आज बुधवार सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको हो ।

    उहाँले देशको विकास योजनाहरुमध्ये ५२ प्रतिशत विकासका योजनाहरु पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको बताउनु भयो । विकास नीति तथा योजनाहरु संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरु हुने गरेको उहाँको भनाई छ ।

    मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको बताउनुभयो । सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उहाँले बताउनुभ यो । उहाँले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो – ‘नीतिगत व्यवस्था, संघीय संस्कृति निर्माण गर्नको निम्ति हामीले संघीय संस्कृति नीतिको अध्ययन समिति बनाएका छौँ । त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा हामी छिट्टै ऐन, कानून बनाउँदै छौँ । संस्कृति उद्योगमा जोड्ने खालको नीति हामीले तयार गर्नुछ । अहिले विकसित राष्ट्रहरुले समेत सांस्कृतिक उद्योगमा एकदमै जोड दिइराखेको छ । विकसित देशहरुमा संस्कृतिहरु बिस्तारै बिस्तारै मर्दै गइरहेको छ ।

    आधुनिकीकरणले किच्दै लगेको छ । संस्कृतिलाई जीवन्त राख्न, यसलाई उद्योग र उत्पादनसँग जोड्न र नेपालको प्रकृतिसँग जोडियो भने पर्यटन उद्योगमा बदलिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमलाई स्थापित गराउन खोजेका छौँ । विकास नीति संस्कृतिमैत्री हुनुपर्छ । म एकदमै जोड गरेर लागिराखेको छु ।

    अहिले हाम्रो देशको विकास नीति अथवा विकास योजनाहरु मध्ये ५२ प्रतिशत विकासहरु पूरा नहुनुको कारण संस्कृति अमैत्री भयो भन्छन् । मैत्री भएन । त्यसकारण विभिन्न ठाउँमा बाधा, अवरोध भएर हाम्रा आयोजनाहरु सफल हुन सकेको छैन भन्नेकुरा आजको तथ्यले देखाउँछ ।’

    मन्त्री किराँतीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक संस्थानले मंसिर २९ गते ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने जानकारी गराइएको छ । सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्याउन, नेपालको लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन विदेशी पर्यटकलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको सांस्कृतिक संस्थानले जनाएको छ ।
    सांस्कृतिक कार्यक्रमबारे जानकारी दिँदै मन्त्री किराँतीले संस्कृतिलाई उत्पादन र उद्योगमा जोड्दै विदेशी पर्यटकहरुलाई एकै ठाउँमा देशको अनुहार देखाउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिको प्रवद्धन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो – ‘सांस्कृतिक सम्पदालाई राष्ट्रको पुँजीको रुपमा हामीले बदल्नु छ । राष्ट्रको पुँजीमा हामीले बदल्न सक्यौँ भने स्वभाविक रुपमा पर्यटनसँग जोड्नै पर्छ । उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्ने र नेपालको अनुहार एउटै मञ्चबाट प्रश्तुत गर्ने सांस्कृतिक संस्थान हो । विदेशी पाउनाले एक, डेढ घण्टामा संस्कृति मात्रै हेर्दैनन् ।

    यो देशको अनुहार पनि हेर्नेछन् । यो हाम्रो मनशाय हो । पर्यटकलाई खुशी पार्न, पर्यटकलाई अल्मल्याउन र आफ्नो देशको संस्कृतिको प्रवद्र्धन गर्न र कलाकारिताको क्षेत्रमा व्यापक रुपले रोजगार सिर्जना गर्न अर्थात रोजगारमा जोड्न मुख्यतः सांस्कृतिक संस्थानलाई कामकाजि बनाउने उद्देश्यले पर्यटन बोर्डबाट पैसाको व्यवस्था गरेर,पर्यटन प्रवद्र्धनकै लागि हामीले यो काम गरेको कुरा स्पष्ट गराउन चाहन्छु ।’

    प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सांस्कृतिक कार्यक्रममा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरु देखाइने जनाइएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाली नागरिकलाई ५ सय, टिमेकी मुलुक भारत र चीनका नागरिकलाई १ हजार र अन्य विदेशी नागरिकका लागि एक हजार पाँच सयको टिकटको व्यवस्था गरिएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend