काठमाडौँ । एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।
आज बिहीवार त्रिपुरेश्वरको दशरथ रंगशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले हरायो । धनगढीका अफिज ओलावालेले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
चितवनले खेलको पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीको अवसर पाए पनि विमल घर्तीमगरले गोल गर्न सकेनन् । यो जितसँगै शीर्ष स्थानमा रहेको धनगढीले ५ खेलमा ११ अंक जोडेको छ ।
धनगढीमा प्रतियोगितामा अहिलेसम्म अपराजित छ । चितवन ६ खेलमा ५ अंकसहित तालिकाको ७ औँ स्थानमा छ ।