logo

२०८१ असोज २० आइतबार

logo
  • आइतबार, २० असोज २०८१
  • सर्लाहीमा गोली हानेर सहकारीको रकम लुटपाट

    सर्लाहीमा गोली हानेर सहकारीको रकम लुटपाट

    2.7K
    Shares
    सर्लाहीमा गोली हानेर सहकारीको रकम लुटपाट

    सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ नचिनेका व्यक्तिले लुटेका छन् ।

    एनआईसी एसिया बैंकबाट पैसा निकालेर सहकारी संस्थातर्फ लैजाँदै गरेकाहरुलाई नचिनेका व्यक्तिले गोली हानेर रकम लुटपाट गरेका प्रहरीले जनाएको छ ।

    सहकारी संस्थाका प्रबन्धक रामनाथ राय र निरा राय पैसा लिएर चढेको मोटरसाइकललाई नियन्त्रणमा लिएर रकम लुटपाट भएको हो ।

    लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend