logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • केन्द्रीय बैँकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने

    केन्द्रीय बैँकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने

    1.1K
    Shares
    केन्द्रीय बैँकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैँकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो ।

    केन्द्रीय बैँकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

    ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैँकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend