logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : अध्यक्ष ओली

    मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : अध्यक्ष ओली

    1.2K
    Shares
    मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ ।

    शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनुभयो ।

    पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने बताउनुभयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनुभयो ।

    अध्यक्ष ओलीले भन्नुभयो, ‘म असहमती राख्ने साथीहरु सबै पार्टी, सबै समूहहरुलाई भन्न चाहन्छु–दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरु हुन सक्दछन्, भिन्नताहरु हुन सक्दछन् । तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरु छन् । त्यसबाट धैर्यतापूर्वक संवादको माध्यामबाट हुनसक्छ । अरु निर्वाचनका माध्यामबाट हुन सक्दछन् ।

    ओलीले भन्नुभयो, ‘त्यसरी समाधान गरिनुपर्दछ । संवादबाट शान्तिपूर्ण ढंगले । हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौं भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशंका, अविश्वास, तनाव सृजना गर्दछ । त्यसबाट हामी गरिवका गरिव रहन्छौं । अनि, स्विजरल्याण्ड धनी भयो, फलानो धनी भयो । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश युएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने ? यति सुन्दर देश । हामी आफैंले बनाउन सक्छौं ।’

    अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गर्नुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend