logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डा. गोविन्द केसीले तोडे अनसन

    डा. गोविन्द केसीले तोडे अनसन

    2.7K
    Shares
    डा. गोविन्द केसीले तोडे अनसन

    कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।

    गत शुक्रबार कैलालीको धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

    धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend