काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ ।
ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रंगशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अंककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा पाँच अंकसहित पुछारमा छ ।
यस्तै, दशरथ रंगशालमै बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ ।
बुटवल लुम्बिनीको ६ खेलमा सात अंक छ । तालिकाको छैटौँ स्थानमा छ । हिजो साविक विजेता काठमाडाँै रेजर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अंककासाथ शीर्ष स्थानमा छ ।