logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई ५५ रनले हरायो

    प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई ५५ रनले हरायो

    1.5K
    Shares
    प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित, कोशीले गण्डकीलाई ५५ रनले हरायो

    काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ ।

    आज बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हरायो । एपीएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चौधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् । यो जितसँगै एपीएफ ५ खेलमा १० अकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।

    आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । कोशीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयो । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ कोशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा संगीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । कोशीका लागि बिमला मलहाले २५, संगीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदार सृष्टि जैसीले समान २ विकेट लिइन् । यो जितसँगै ५ खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend