काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा तीनदिने काठमाडौँ उपत्यकाका अन्तर कलेज जलवायु परिवर्तनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
कोटेश्वर बहुमुखी क्याम्पस, आमसञ्चार तथा पत्रकारिता, समाजशास्त्र एंव ग्रामिण विकास विभाग र रिसर्च म्यानेजमेन्ट सेलको आयोजना तथा स्वतन्त्र विद्यार्थी प्रतिनिधी तथा स्टुडेन्ट म्यालिटि काउन्सीलको सहकार्यमा आजदेखि तिन दिने जलवायुपरिवर्तन सम्बन्धी अन्तरक्याम्पस प्रतियोगितात्मक प्रस्तुतिकरण सुरु गरिएको हो ।
एम्सन, अगेनेस्ट क्लाइमिट चेन्ज नामक प्रस्तुतिकरणमा काठमाडौँ उपत्यकका १६ वटा क्याम्पसका ३० जना विद्यार्थीले जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसलाई रोक्न गर्नु पर्ने प्रयासका विषयमा आ—आफ्नो प्रस्तुतिरण गर्ने कोटेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक रुद्रप्रशाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनसम्बन्धी १६ कलेजका ३० जना विद्यार्थीहरु कार्यक्रममा सहभागि भएका छन्, आज १२ जना विद्यार्थीहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गरेका छन् ।”
तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितात्मक प्रस्तुतीकरणको विश्व विद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा. डा. भिम सुवेदीले विरुवामा पानी हालेर सुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि डा.सुवेदीले जलवायु परिवर्तन विद्यार्थीहरुका लागि मात्र नभएर देशकै लागि ठुलो चुनौति भएकाले यसको विरुद्दमा समयमै कदम चाल्नु पर्ने रहेको आवश्यक बताउनुभयो ।
डा.सुबेदीले प्रदुसण रोक्न हरेक व्यक्तिले आफ्नो ठाँउ बाट योगदान दिनुपर्ने तथा परिवर्तनको प्रमुख कारण मानिसका गतिविधी पनि भएको बताउनुभयो । कार्यक्रममा कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस संघका क्याम्पस महासचिव गोविन्दबहादुर कार्कीले प्राकृतिक प्रकोप सामना गर्नु परिरहेको प्रमुख कारण जलवायु परिवर्तन भएको बताउनु हुँदै यसका बिरुद्धमा सबै पक्ष जिम्मवार भएर प्रतिकारमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
स्वस्थ भएर बाच्नका लागि हामीले वायु प्रदुसणबाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाई थियो । सान्दर्भिक बिषयमा बहस गराएर समधानको बाटो पहल्याउन क्याम्पसको आम सञ्चार तथा, पत्रकारीता, समाजशास्त्र र ग्रामिण विकास विभागले राम्रो काम गरेको क्याम्पस प्रमुख कार्कीले दावी गर्नुभयो ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सञ्जय बुढाथोकीले वातावरण जोगाउने कुरामा कलेजमा अध्ययनरत विद्यार्थी सम्मको पनि दायित्व भएकाले संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वातावरण अभिन्ता केपी खनालले अरुलाई दोष दिनु भन्दा वातावरण जोगाउँन आफै लाग्नु पर्ने बेला आएको बताउनुभयो ।