कंगो । कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार रातिदेखि परेको भारी वर्षापछिको बाढीमा परी ४० जनाको मृत्यु भएको हो ।
उक्त बाढीपहिरोमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।
यसअघि मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।