logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काँग्रेस केन्द्रिय समिति बैठकः राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

    काँग्रेस केन्द्रिय समिति बैठकः राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

    1.1K
    Shares
    काँग्रेस केन्द्रिय समिति बैठकः राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

    काठमाडौँ । नेपाली काँग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीवारबाट शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि शनिवार बैठकका निर्णय सार्वजनिक गर्दै काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताउनुभयो ।

    उहाँकाअनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताउनुभयो । उहाँले बैठकले परिवर्तन भएकोमहासमितिको बैठकको मिति अनुमोदन गरेको छ ।

    त्यस्तै समुदायमा काँग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताउनु भयो ।

    त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबार बिहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रिय समितिले उजागर गरेको र जनताले महशुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

    उहाँले भन्नुभयो, ‘बैठकले ५ वटा प्रश्ताव प्रश्तुत गरेको भएपनि निर्णयमा मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभा समेतलाई जोडेर राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ । अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय र भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ । महासमितिको बैठकको मिति परिवर्तन भएको थियो अनुमोदन गरेको छ । समुदायमा काँग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने ।

    जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माण गर्ने, एक हजार घर बनाउने लक्ष्य राखेको थियो, नेपाली काँग्रेसले त्यो पूरा गरेकोमा धन्यवाद दिएको छ । साथै बाँकी घरहरु बनाउने क्रम पनि निरन्तरता दिने निर्णय गरेको छ । सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबार बिहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने ।

    सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रिय समितिले उजागर गरेको छ । जनताले महशुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गरेको छ । हिजोमात्रै बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको छ । कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाईतेहरुको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।’

    बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाईतेहरुको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend