काठमाडौं। कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारणसभा मंगलबार नक्साल काठमाडौंमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सानलगायत विवरण सर्वसम्मत पारित गरेको बैंकले जनाएको छ।
साधारणसभाले आव २०८०/८१ को लेखापरीक्षक नियुक्तिका लागि लेखापरीक्षक बिआर एस न्यौपाने एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ।
साधारसासभामा बैंक अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीले राखेका जिज्ञासा सम्बोधन गरेका थिए।