logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी ठगी प्रकरण : पूर्व सञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा

    सहकारी ठगी प्रकरण : पूर्व सञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा

    3.4K
    Shares
    सहकारी ठगी प्रकरण : पूर्व सञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा

    पोखरा । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका भएका थिए ।

    मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीवी) राइको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् ।

    गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend