logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल

    पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल

    1.1K
    Shares
    पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल

    काठमाडौँ । पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

    कुसुन्ती युवा क्लवको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो । शुक्रवार क्लवले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिष्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ ।

    तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौति रहनेछ । यद्यपि, उनीहरुको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो । तीबाहेक टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन् ।

    यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौं पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लवबाट प्रतिष्पर्धा गर्दैछन् । ४० वर्षभन्दा माथि उमेरसमूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउण्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ ।

    सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पुर्याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend