logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • उत्तरपश्चिम पाकिस्तानमा बिस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

    उत्तरपश्चिम पाकिस्तानमा बिस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

    749
    Shares
    उत्तरपश्चिम पाकिस्तानमा बिस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

    सिन्ह्वा । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम बिस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।

    प्रदेशको बाजौर जिल्लामा सोमबवर बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम बिष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

    घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरुलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ ।

    बिस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend